काठमाडौं :
बिहिबारबाट प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ले तीन दिनमा २ करोड पचास ग्रस गरेको बुझिएको छ। निर्माण टिमले आधिकारिक जानकारी नदिएपछि स्रोतका अनुसार साँढे २ करोड भन्दा माथीको व्यापार गरेको छ। ३ गतेबाट हलमा लागेको यो फिल्मको ‘रुकुम मैकोट’ गीत चर्चामा रहेको छ। टिकटक, इन्स्टाग्रामको रिल्स, युट्युब शर्टस् जताततै गीत चम्किँदा फिल्मले राम्रै कमाई गरिरहेको अनुमान लगाउन सकिन्छ।
पहिलो दिन ‘खुस्मा’ले काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवल, धरान, इटहरी, चितवन जस्ता सहरहरूमा प्राप्त शोजमा ५० प्रतिशत अकुपेन्सी नघाएको थियो भने दर्शकलाई ‘रुकुम मैकोट’ गीतले नचाएको थियो। दोस्रो दिन त्यसपछि पनि फिल्ममा राम्रै कमाई गरिरहेको निर्माण पक्षले जानकारी दिएको छ।
यतिबेला अभिनेता धीरज मगर, अभिनेत्री उपासना सिंह ठकुरी, निर्देशक तथा लेखक अशोक थापा मगरसहितको टिमले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकहरूसँग भेट गरिरहेको छ। शनिबार सिभिल, सिटी स्क्वायर लगायतका हलमा पुगेका उनीहरु अहिले नयाँ बानेश्वरमा रहेको आइकम्लेस हलमा छन्। उनीहरुसँग यतिबेला दर्शकहरू फोटो खिचाउन झुम्मिए रहेको देख्न सकिन्छ।
वि.स.२०५२ सालमा तत्कालिन माओवादी बिद्रोही र राज्यबीचको चपैटामा परेका एक जोडीलाई बुनिएको कथा हो। जसमा मगर समुदायको परिवेशमा आधारित फिल्ममा माओवादी(सशस्त्र द्वन्द्वले पारेको प्रभावलाई प्रस्तुत गरिएको छ। यो फिल्मले राम्रै व्यापार गरिरहेको छ। अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ,खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय छ ।