सुचना, समाचार र मनोरन्जन

काठमाडौंमा तेलुगु फिल्म ‘ज्याक’को धमाधम छायांकन,प्रकाश राज आइतबारबाट जोडिए

काठमाडौं :

आइतबारदेखि दक्षिण भारतीय अभिनेता प्रकाश राजले तेलुगु फिल्म ‘ज्याक’को छायांकन थालेका छन्। काठमाडौंका आसपास छायांकन भइरहेको छ।

Pach Pandav

आइतबार उनको छायांकन सेटबाट केहि थान तस्विरहरु बाहिरिएका छन्। बाहिरिएको तस्वीरमा प्रकाश आफ्नो भुमिका निवार्ह गर्न लागिरहेका छन्। यो फिल्मको प्रकाश राजसँगै अर्का अभिनेता रविप्रकाशको पनि दृश्य खिचिएको छ।

यस फिल्मका नेपालमा निर्माण नियन्त्रक पुष्कर लामाले जिम्मा लिएका छन्। उनका अनुसार अबको १० दिनसम्म प्रकाशले काठमाडौंका उपत्यकाका विभिन्न स्थानमा हुने छायांकनमा सहभागी हुनेछन् । उनीसहित साउथ इण्डियाबाट आएका १५ भन्दा बढी कलाकारले अभिनय गरिरहेका छन्। पुस्कर लामा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष समेत हुन्।

Leave A Reply

Your email address will not be published.