सुचना, समाचार र मनोरन्जन

पोखरा कोसेली घरका सटर र संरचना भाडामा दिन बोलपत्र आह्वान

पोखरा,
पोखरा महानगरपालिका ले पोखरा कोसेली घर को भुईँ तल्लामा रहेका सटर, स्नानघर तथा शौचालय भाडामा सञ्चालनका लागि आन्तरिक आय ठेक्का व्यवस्थापन सम्बन्धी बोलपत्र आह्वान गरेको छ।

महानगरपालिकाले सार्वजनिक सूचनामार्फत उक्त संरचनालाई भाडा प्रयोजनमा सञ्चालन गर्न इच्छुक व्यक्ति वा संस्थालाई प्रतिस्पर्धात्मक बोलपत्र पेश गर्न आग्रह गरेको हो। सूचनाअनुसार ठेक्काको न्यूनतम आय रकम कर बाहेक २३ लाख ८७ हजार ८ सय ८० रुपैयाँ तोकिएको छ।

बोलपत्र फाराम दस्तुर तीन हजार रुपैयाँ निर्धारण गरिएको छ भने बोलपत्रदाताले न्यूनतम कबोल अंकको पाँच प्रतिशत बराबरको धरौटी रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको महानगरले जनाएको छ। धरौटी रकम बैंक दाखिला भौचर वा कम्तीमा १५ दिन म्याद भएको बैंक जमानतमार्फत पेश गर्न सकिनेछ।

महानगरपालिकाका अनुसार बोलपत्र सम्बन्धी विस्तृत जानकारी तथा फाराम सम्बन्धित सूचना र अनलाइन माध्यमबाट प्राप्त गर्न सकिनेछ। महानगरले सार्वजनिक सम्पत्तिको प्रभावकारी उपयोग तथा आन्तरिक आम्दानी वृद्धि गर्ने उद्देश्यले उक्त प्रक्रिया अघि बढाएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.