काठमाडौँ,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार९आज० गृहजिल्ला झापा जाने भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा झापा–५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रमका लागि झापा जान लागेका हुन् ।
निकटस्रोतका अनुसार ओली मध्यान्ह हवाई मार्गमार्फत झापा जान लागेका छन् ।
झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि चुनावी प्रतिस्पर्धामा उत्रिएपछि त्यहाँको प्रतिस्पर्धा पेचिलो बनेको छ ।