सुचना, समाचार र मनोरन्जन

सरकारले ताकी–ताकी गोली हान्ने आदेश दिएको थिएन: ओली

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ताकी–ताकी गोली हान्ने आदेश नदिएको बताएका छन । संविधान दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उनले आफूले राजीनामा दिएपछि छानी–छानी सार्वजनिक तथा निजी सम्पत्ति, नेताका घरलगायतमा आगजनी र तोडफोड गरी क्षति गरिएको उल्लेख गरेका छन ।

जेन–जी आन्दोलनमा आह्वानकर्ताले नै घुसपैठ भएको बताएको उल्लेख गर्दै उहाँले सरकारले प्रदर्शनकारीलाई ताकी–ताकी गोली हान्ने आदेश नदिएको, प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको र यो घटनाको छानबिन हुनुपर्ने समेत बताएका छन ।

Leave A Reply

Your email address will not be published.