Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- देश–विदेशमा रुचाइएको ‘जिउँदो आकाश’ फेरि मञ्चन हुँदै, अनिल सुब्बा मुख्य आकर्षण
- निखिल उप्रेतीको ‘आचार्य’को प्रदर्शन मितिमा अन्योलता, दशैंमा आउने चर्चा
- हलमा स्टारहरूको भिड : नेपालीदेखि हलिउड र बलिउड कलाकारहरूबीच रोचक भिडन्त
- बाल प्रतिभाको खोजीमा सर्वनाम थिएटर, ‘म पनि Actor’ राष्ट्रव्यापी अभिनय प्रतियोगिता घोषणा
- असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गर्ने सरकारको तयारी
- अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
- वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे
- महिलालाई आत्मनिर्भर बनाउन बाख्रा उपहार
- मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी
- दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
‘कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त भएन’
काठमाडौँ,
राष्ट्रियसभाका सदस्यहरुले कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त नभएको बताए ।
राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०८२ का विभिन्न शीर्षकमध्ये आज तोकिएका मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफलमा भाग लिँदै सदस्य युवराज शर्माले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत माग भएकामा विगत वर्षको भन्दा घटेको बताए । शिक्षा क्षेत्रलाई बढी महत्व दिनुपर्नेमा त्यस्तो हुन नसकेको उनको भनाइ थियो ।
राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले विगतका सरकारले ल्याएका राम्रा कार्यक्रममा अहिलेको सरकारले निरन्तरता दिन नसकेको आरोप लगाउनुभयो । कृषि र शिक्षा क्षेत्रमा बजेट आवश्यक मात्रामा व्यवस्था हुन नसकेको उनको भनाइ थियो ।
सदस्य जयन्तीदेवी राईले शिक्षामा पर्याप्त मात्रामा बजेट नभएको बताए । सदस्य रेणु चन्दले प्रतिनिधिसभामा निजामती विधेयक पाति गरेभन्दा फरक कसरी भयो त्यसको छानबिन गर्न माग गरे । कृषिमा बजेट कम भएको उनको गुनासो थियो ।
सदस्य कृष्णबहादुर रोकायाले बजेटले सन्तुलित विकासको अवधारणालाई समेटेर अघि बढेको बताए । पुराना आयोजनालाई अलपत्र नपारी बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ थियो ।
सदस्य कृष्णप्रसाद अधिकारीले बजेट भूगोलअनुसार सन्तुलित नभएको बताए । सदस्य गङ्गाकुमारी बेल्वासेले कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त नभएको बताउनुभयो । कृषिलाई हल्का तरिकाले बजेटमा प्रस्तुत गरिएको उनले उल्लेख गरे।