सुचना, समाचार र मनोरन्जन

बढ्दो लागुऔषध चुनौती रोक्न प्रहरीको तीन वर्षे विशेष योजना

काठमाडौं,

नेपालमा लागुऔषधको प्रयोग र अवैध कारोबार बढ्दै गएपछि नेपाल प्रहरीले आगामी तीन वर्षका लागि विशेष नियन्त्रण योजना अघि सारेको छ। पछिल्लो तथ्यांकअनुसार लागुऔषधसम्बन्धी मुद्दा र विदेशी नागरिकको संलग्नता दुवै बढ्दो क्रममा छन्।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले १९ देखि ४५ वर्ष उमेर समूह बढी जोखिममा रहेको उल्लेख गर्दै अब प्रविधिमैत्री निगरानी, एकीकृत नार्कोटिक इन्टेलिजेन्स म्यानेजमेन्ट सिस्टम र इन्टेलिजेन्स–आधारित पोलिसिङमार्फत नियन्त्रण अभियान सशक्त बनाइने बताएका छन्।

प्रहरीले ७७ जिल्लामा लागुऔषधका पकेट क्षेत्र पहिचान गर्ने, अन्तर्राष्ट्रिय तस्करी सञ्जाल तोड्न विमानस्थल र सीमानाकामा निगरानी बढाउने तथा गाँजा र अफिमको अवैध खेती हुने जग्गाका धनीलाई समेत कानुनी दायरामा ल्याउने रणनीति लिएको छ।

विद्यालयस्तरमा सचेतना, औषधि पसलको अनुगमन र स्थानीय तहमा मनोपरामर्श सेवा विस्तारलाई समेत प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ। प्रविधि, जनशक्ति र कानुनी सुधारसँगै आगामी तीन वर्षभित्र लागुऔषधको अवैध कारोबार र दुर्व्यसनमा उल्लेख्य कमी ल्याउने लक्ष्य राखिएको छ।

Leave A Reply

Your email address will not be published.