सुचना, समाचार र मनोरन्जन

फिल्म ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

काठमाडौं :

फागुन १४ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार युटुबमार्फत गीतको भिडियो रिलिज गरेका हुन्।

गीतमा शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको छ भने आनन्द अधिकारीको शब्द रचना छ। गीतलाई कृष्ण भारध्वजले संगीत गरेका छन्। एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा समेटिएको छ। प्रेममा रहेका प्रेमी प्रेमिकाले अनुहार हेर्दै भावले उसको भावना बुझने गीतको शब्द र भिडियोले बुझाउँछ।

गीतमा सरल शब्द र लय छ। एकपटक सुनेपछि सम्झन सकिने खालको गीत रहेको छ। गीतको भिडियोमा माला लिम्बू, गजित विष्टसँगै फिल्म अधिकांश मुख्य कलाकारको अभिनय छ। गेष्ट अपिरियन्सको रुपमा गजित छ । तराई मधेसमा लाग्ने हाट बजारको सेटअपमा भिडियो खिचिएको छ। ‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन्। यो फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका हुन्। फिल्मको ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको हो। लेखक, कलाकारदेखि निर्देशकसम्म यो फिल्ममा ‘सक्किगोनि’ टिमको छ।

‘सक्किगोनि’ टिमले बनाएको यो फिल्ममा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ। जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.