सुचना, समाचार र मनोरन्जन

‘मलाई पिर परेको तिम्लाई के थाहा छ’भन्दै रोडमा भेटिए ‘लज्जावती’का निरौला

काठमाडौं :

प्रदर्शनरको सघारमा रहेको फिल्म ‘लज्जावती’को गीत रिलिज गरिएको छ। निर्माण टिमले बिहिबार ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको दोस्रो गीत सार्वजनिक गरेको हो।

गीत मर्मस्पर्शी यो गीतमा फिल्मका मुख्य कलाकार मेनुका माझी र श्री कृष्ण निरौलाको प्रेम र विछोडपछिको अवस्थालाई चित्रण गरिएको छ। भिडियोमा कलाकार निरौलाको अभिनय भावुक बनाउने किसिमको छ। प्रेमीले छोडेर गएपछि उनी पागलप्रमीझैं बनेको देखाइएको छ। उनी जतासुकै आफ्नो प्रेमीलाई देख्छन्।

प्रेमिकाबाट छुटेपछि उनी हराएको र कलाकार मुकुन भुसाल र जानुका विश्वकर्मा उनका खोज्दै हिँडिरहेको दृश्यमा समेटिएको छ। गायक थानेश्वर गौतमको स्वर रहेको गीत भीम कुमार ओझाले लेखेका हुन्। गीतमा सन्तोष बिसीले संगीत भरेका छन् भने नारायण दंगालको संगीत संयोजन रहेको छ।

यही २९ साउनदेखि प्रदर्शनमा आउने फिल्मका निर्देशक राजबहादुर साने हुन्। निर्देशक सानेकाअनुसार फिल्मले प्रेमिल जोडीको जीवनमा आउने उतारचढाव र संघर्षलाई प्रस्तुत गरेको छ।फिल्ममा मुकुन भुसाल,श्रीकृष्ण निरौला,जानुका विश्वकर्मा,मेनुका माझी, केशव रिजाल,धीरेन शाक्य,प्रिया रिजाल,हिउँवाला गौतम,विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलले अभिनय गरेका छन्।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन्। त्यस्तै, फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ। दिव्यराज सुवेदीको छायांकन रहेको फिल्म कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.