
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- तमु कलाकार कल्याणकारी कोष सञ्चालन समिति गठन, संयोजकमा हुमबहादुर गुरुङ
- धार्मिक सद्भाव, शान्ति र राष्ट्रिय एकताको पक्षमा क्षत्री समाज नेपालको अपिल
- ‘तीन तीघ्रे क्या बिग्रे’ले गर्यो नयाँ सुरुवात, चलचित्र प्राविधिकलाई हप्तामा एक दिन अनिवार्य बिदा
- धमिलिएको सद्भाव: विवेक कि बन्दुक ?
- साउन १६ गते शनिबारको राशिफल पढ्नुहोस
- रेडक्रस कास्कीले गर्यो ४५ जनालाई व्यक्तिगत तथा संस्थागत सम्मान, थापाको ८५ औँ पटक रक्तदान
- लाहुरे समाजको परिवेश, मौलिक गुरुङ संस्कृति र मानवीय संवेदनालाई पर्दामा उतार्दै भदौ २६ मा आउँदैछ ‘पेन्सन पट्टा’
- ‘पार्वती’को टिजरबाटै दर्शक जित्दै नीता, अभिनयसँगै निर्देशनमा पनि अग्निपरीक्षा
- सृष्टि, नम्रता र नीतिको साथमा दिल श्रेष्ठ अभिनित फिल्म ‘माया भनेकै यस्तो होला’को रोमान्टिक गीत रिलिज
- दिव्यदेव, झरना र सुहाना फिचर्ड ‘बा : एक योद्धा’को शीर्ष गीतमा सन्तानका लागि बाको संघर्ष
लेक टु लेक साइकल ट्र्याकको गुरुयोजनाका लागि छलफल
पोखरा/
पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्र्याकको गुरुयोजनाका लागि छलफल गरिएको छ। विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकको रुटका विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको हो ।
छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ८५ कि.मी लम्बाइको लेक टु लेक जोड्ने साइकल ट्र्याक पोखराका लागि महत्त्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास व्यक्त गर्नुभयो ।
‘यसले संसार भरीका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकहरूलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ, उहाँले भन्नुभयो, पोखराको पर्यटन विकासमा यो महत्त्वपूर्ण कोषे ढुङ्गा साबित हुनेछ ।’ पोखरा महानगरपालिका वातावरणीय हिसाबले पनि स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्र्याक मानव स्वास्थ्य र पर्यावरणको संरक्षण प्रति समर्पित एक दिगो पूर्वाधार बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
विकास साझेदार एसियाली विकास बैङ्कको करिब १ अरब रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकले पोखरामा रहेका सबै तालहरूलाई एक आपसमा जोड्ने छ । पोखराको दिगो पर्यटन विकास अन्तरगत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण गर्न लागिएको हो । प्रारम्भिक चरणमा सुरु गरिएको यसमाथिको छलफलमा पोखरामा रहेका पर्यटन लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

पोखरामा रहेका तालहरूलाई एक आपसमा (भित्र पर्ने गरी र तालहरू बाहिर पर्ने गरी) जोड्ने गरी इनर र आउटर दुई वटा रुटहरू सहित विभिन्न स्थानहरूमा कनेक्ट रुटहरूका समेत निर्माण गर्दा करिब ८५ कि.मी लम्बाइको साइकल ट्र्याक निर्माण हुनेछ ।