Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- शैक्षिक प्रणाली सुधार गर्न दीर्घकालीन योजनासहित ठोस कदम चालिएको छः मन्त्री पोखरेल
- राजेन्द्र खड्की र पुजना प्रधान स्टारर ‘हवन’ को छायांकन सम्पन्न, समाजको कालो पाटो खोतल्ने
- पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
- महेश त्रिपाठी र अन्जना बराइली स्टारर ‘आशा’ को सुटिङ सुरु, राजिव गुरुङको निर्देशन
- ‘नेपहपको श्रीपेच’ सिजन ३ मा उत्कृष्ट १० प्रतिस्पर्धी
- ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट
- सेतीवेनीमा बढ्दै भारतीय पर्यटक
- देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
- सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित
- आर्थिक समृद्धिको नयाँ आधार बन्दै वन
भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस
काठमाडौँ,
ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त रुपमा भक्ति सङ्गीत एवं भजन संस्कृतिको प्रवर्द्धन सुरु गरेका छन् ।
ललितकला क्याम्पसले श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीसँग सहकार्य गरी साप्ताहिक एवं पाक्षिक रुपमा भजन प्रस्तुति सुरु गरेको हो । हालसम्म २८ वटा प्रस्तुति भइसकेको ललितकलाका सहायक क्याम्पस प्रमुख कृष्णकुमार खरेलले राससलाई जानकारी दिए ।
कार्यक्रममा क्याम्पसका विद्यार्थी र विज्ञले भक्ति सङ्गीत प्रस्तुत गर्दै आएका छन् । कार्यक्रममा भ्वाइलिनमा यतिराज अधिकारी र सुव्रिना बस्नेत, तबलामा अनन्त प्रजापति, निखिल विष्ट र पुजन मगर, सितारमा लभिसजङ्ग गुरुङ, बाँसुरीमा रुपेश शाक्य एवं भजन गायनमा सुदेश पाठकले प्रस्तुति दिँदै आएका छन् ।