सुचना, समाचार र मनोरन्जन

ललितपुरले फेरी पनि जित्यो आम आर आरको ७औ संस्करणको फुटसल

झापा :

झापाको बिर्तामोडमा भएको आम आर आरको ७औ संस्करणको फुटसल प्रतियोगितामा ललितपुर विजर्य भएको छ। आइतबार भएको फलाइनल खेलमा ललितपुरले उपाधि जित्न सफल भएको हो। उक्त प्रतियोगितामा १६ टिमको सहभागिता थियो।

यो प्रतियोगिता सामाजिक संजालमा लोकप्रिय युवाहरुको समूह एम आर आरले आयोजना गरेको थियो। अघिल्लो ६ टौ संस्करणमा नवलपुरमा भएको प्रतियोगितामा पनि ललितपुरले उपादधि हात पारेको थियो। देशै भरका दाजुभाई एउटै ठाउँमा भेला हुने र आपसी भाइचारालाई अझ प्रगाढ बनाउने उदेश्यले संचालन गरिएको यो फुटसल खेल लगातार ७ वर्ष देखि संचालन हुँदै आएको छ।

काठमाडौँबाट २०१८ मा सुरुवात भएको यो प्रतियोगिता अहिले राष्ट्रिय प्रतियोगिता बनेको हो । यसले देशभरका खेलाडीहरुलाई एकै मञ्चमा ल्याउने र आपसी सहयोग र सम्बन्धलाई बलियो बनाउने एक उत्कृष्ट अवसर प्रदान गरेको छ।

Leave A Reply

Your email address will not be published.