सुचना, समाचार र मनोरन्जन
Sarangi

‘एलजी सिने सर्कल अवार्ड–२०८०’ को सम्पूर्ण तयारी पुरा

काठमाडौं :

‘एलजी सिने सर्कल अवार्ड–२०८०’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था सिनेमा सर्कल नेपालले जनाएको छ । नेपाली फिल्म क्षेत्रमा हरेक वर्ष नियमित रुपमा आयोजना हुँदै आएको यो अवार्ड कार्यक्रमको तयारी पुरा भएको हो।

फिल्मको पर्दा पछाडि रहेर काम गरिहेका प्राविधिकको सम्मान स्वरुप सात वर्षदेखि यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ। सोही अनुसार सातौं संस्करणको एलजी सिने सर्कल अवार्ड यहि शुक्रवार दिउँसो काठमाडौंमा हुँदैछ। आयोजकका अनुसार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा अवार्ड प्रदान गरिँदैछ।

उक्त समारोहमा उत्कृष्ट पोस्टर, ट्रेलर, भीएफएक्स, स्टन्टआदि विधासहित विभिन्न २३ विधामा अवार्ड वितरण गरिँदैछ। यो वर्षको अवार्डमा २०८० मा प्रदर्शन भएका उत्कृष्ट फिल्म तथा फिल्मकर्मीहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । आयोजकले कार्यक्रमको तालिका समेत सार्वजनिक गरेको छ। सार्वजनिक तालिका अनुसार यस संस्था सिनेमा सर्कल नेपालका संरक्षक तथा चौधरी ग्रुपका प्रवन्ध निर्देशक उद्योगपति वरुण चौधरीले स्वागत मन्तव्य राखेसँै अवार्ड समारोहको विधिवत रुपमा थालनी हुनेछ।

समारोहको सबैभन्दा महत्वपूर्ण क्षण अर्थात लाइभफाइट अचिभ्मेन्ट अवार्ड (दीर्घ साधना सम्मान) दुई वरिष्ठ फिल्मकर्मीलाई अर्पण गरिने छ ।
उक्त प्रस्तुतपछि लोकप्रिय गायिका देविका बन्दनाले स्टेजमा प्रस्तुत भएर आफ्नो कालजयी गीतहरु प्रस्तुत गर्नेछिन् भने गायक यम बरालले निष्ठुरीले छाडेर गईहाली लगायत आफ्ना चर्चित गीतहरु गाएर मनोरञ्जन दिनेछन्। कार्यक्रमको उत्तरार्धमा थप विधाका अवार्ड प्रदान गरेपछि कार्यक्रमका निर्देशक तथा आयोजक संस्थाका प्रमुख दिनेश डिसीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको बिट मार्ने बताइएको छ।

सिने सर्कल अवार्डको यो वर्षको संस्करणमा वरिष्ठ मेकअपम्यान अशोक रोक्का तथा दृष्य सम्पादक नरेन्द्र खड्कालाई ‘दीर्घ साधना सम्मान’ द्वारा सम्मानित गरिँदैछ । उनीहरुलाई जनही ५१ हजार रुपैयाँ नगद तथा सम्मानपत्रसहित लाइफटाइम चिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरिने आयोजक संस्थाका प्रमुख दिनेश डिसीले बताए।

Leave A Reply

Your email address will not be published.