एकैसमयमा इलाईटको २ ओटै हलमा ‘सुगुप’ प्रदर्शनको चाँजोपाँजो मिलाईएको कलाकार लिम्बुले जानकारी गराईन् । निर्माण युनिटले ‘सुगुप’ को केहिसाता अघि ट्रेलर समेत सार्वजनिक गरेको थियो । ३ मिनेट १० सेकेन्ड लामो ट्रेलरमा फिल्मका प्रमुख पात्रहरुलाई फिचर्ड गरिएको छ । चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा यो फिल्मलाई रबिन कुमार नाल्बोले प्रस्तुत गरेका हुन् भने निर्देशक लोकेन साँवा हुन् ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- शनिवार मनाउँदै ५१औँ दिन मनाउँदै ‘लालीबजार’
- राजु शाहको निर्देशनमा बनेको चलचित्र ‘जाँड’ देशभरका सिनेमाघरमा, यस्तो छ यसको कथा
- एक्सन र प्रेमको रोचक ‘टक्कर’: असोज ९ गतेलाई ‘हन्टर’को प्रदर्शन मिति घोषणा
- भदौ १२मा प्रदर्शन हुने ‘पार्वती’को गीत ‘नौतुनाको रेल’सार्वजनिक,छमछमी नाचे नीतादेखि दीपाश्रीसम्म
- ‘लज्जावती’को पाँच पोस्टर सार्वजनिक, साउन २९ देखि प्रदर्शन
- रास्वपा पदाधिकारी छान्ने मतदान सकियो, केहीबेरमा नतिजा
- ‘बुलबुल’का निर्माता अविरल थापा नयाँ नायिकाको खोजीमा, सुपरस्टार बन्ने अवसर!
- युवामा लागुऔषधको महामारी, पक्राउ परेकामध्ये ४२% १६–२५ वर्षका
- पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान
- बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार
लिम्बु समुदायको संस्कृति बोल्ने ‘सुगुप’ फागुन २८ गते इटहरीमा प्रदर्शन गरिने
इटहरी :
पछिल्लो समय कोशी प्रदेशमा यहाँको समुदायलाई लक्षित गर्दै रितिरिवाज, भाषा, संस्कार र संस्कृतीलाई उठान गरेर फिल्महरु बन्ने क्रम बाक्लिदो छ । यसप्रकारका फिल्म निर्माण गर्दै ‘विशेष शो’ गर्ने प्रचलन पनि बढेर गएको छ ।
यसैक्रममा फिल्म ‘सुगुप’को पनि इटहरीमा ‘विशेष शो’ आयोजना गरिने भएको छ । लिम्बु समुदायको संस्कृतिलाई यो फिल्ममा उठान गरिएको छ भने यसमा लिम्बू भाषा र नेपाली राष्ट्रिय भाषालाई आवस्यकता अनुसार समावेश गरिएको छ । इटहरीमा अवस्थित इलाईट सिनेमा हलमा यो फिल्मको २ शो प्रदर्शन गरिने फिल्म युनिटले जनाएको छ ।
विशेष शोको लागी यतिबेला तयारी भैरहेको फिल्मकी कलाकार समेत रहेकी इटहरी प्रदर्शनको जिम्मेवारी पाएकी डम्बर कुमारी पोयाङ्बो मेन्याङ्बोले जानकारी गराईन् । उनले यो फिल्ममा आमाको भुमिका निर्वाह गरेकी छन् । ग्याल्पो लोछारको अवसर पारेर इटहरी प्रदर्शन गर्न लागिएको फिल्म दिनको १२ बजेदेखि प्रदर्शन गरिने छ । सुगुपको ट्रेलर हेर्नुस्
देबेन्द्र खापुङको पटकथा रहेको ‘सुगुप’को रबिन कुमार नाल्बो प्रमुख निर्माता हुन् भने दिलमाया लाबुङ नाल्बो र सैलेन्द्र कुमार नाल्बो निर्मातासंगै एल पि साँवा, मनिसा नाल्बो, श्री प्रसाद माबो र राम प्रसाद पंधाक सह-निर्माताको रुपमा रहेका छन् । यो फिल्मको पहिलो ‘विशेष शो’ हङकङमा भब्य आयोजना भएको थियो भने यहि फागुनको १२ र १७ गते काठमाडौमा समेत ‘विशेष शो’ को आयोजना हुँदैछ।
बिराटनगर र धरानमा समेत इटहरीसंगै एकसाथ ‘सुगुप’को विशेष प्रदर्शन गर्ने तयारी रहेको छ । यो फिल्ममा वरिष्ठ कलाकार प्रेम सुब्बा, यासेली योङहाङ, फुलन्देको बाउ उपनामले परिचीत मौसम ईम्बुङ लिम्बू, बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बर कुमारी पोयाङ्बो मेन्याङ्बो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतको अभिनय रहेको छ ।