काठमाडौं :
घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सिनेमाको ३ मिनेट लामो ट्रेलर रिलिज गरिएको हो।
सार्वजनिक ट्रेलरले डेव्यु अभिनेता निश्चल खड्काको अभिनेत्री साम्राज्ञी आरएल शाह र गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ। निश्चलको साथीको रुपमा देखिएका कविरलाई पनि ट्रेलरको अन्तिममा डेव्यु अभिनेत्री गरिमाको प्रेममा परेको देख्न सकिन्छ। जसले दर्शकलाई सिनेमाप्रति कौतुहल्ता जगाउन सफल हुने देखिन्छ।
सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ। सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का,रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ। निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन्।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ। अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन्। सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम,सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन्। यहि जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ।
फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी,साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन्। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछन् ।