सुचना, समाचार र मनोरन्जन

छायांकनको क्रममा निरौलालाई हृदयघात

काठमाडौं :

राजबहादुर साने निर्देशित चलचित्र ‘सिटामोल’को पश्चिम रुकुम र रोल्पा सिमाना देखि माथि लेकमा ३ हजार ६ सय मिटर उचाइमा गीतको सुटिङ भइरहेको बेला नवनायक समिप निरौलालाई हृदयघातको समस्या देखिए पछि सुटिङ रोकिएको छ।

Chaka Panja

सिटामोलको औँठी सुनैको गीतको छायांनका क्रममा निरौलालाई हृदयघात भएको थियो । पोखरास्थित मणिपाल अस्पतालमा पश्चात हाल स्वास्थ्यमा केही सुधार आएको निरौला स्वयंले जानकारी दिएका छन्।

सुधार आए पनि थप उपचारको लागि काठमाडौंस्थित गंगालाल अस्पताल रिफर गरिएको उनको भनाइ छ। चलचित्र समीप सहित सौगात मल्ल, बेनिशा हमाल, जानुका विक, सुशिल पोखरेल, हिउँवाला गौतम लगायतको अभिनय रहने छ भने भूगोल कार्की र गंगाराम श्रेष्ठको लगानी रहने छ ।

Leave A Reply

Your email address will not be published.