Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा महोत्सवमा माघ ४ गते देखि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता हुने
- माण्डवी र राममणिको ‘झ्याइँ झ्याइँ बाजा’ सार्वजनिक
- जर्जियामा सम्पन्न ‘वर्ल्ड राइजिङ स्टार’मा नेपाली बाल प्रतिभा समृद्धि शाह विश्व विजेता
- ‘कालकट्टी’ र ‘काकाको बिहे’ दुई नयाँ प्रोजेक्टको औपचारिक घोषणा,
- झापामा परिवर्तन टिम : दरबार कि तलवार? सुशील श्रेष्ठको संवादले ‘परिवर्तन’लाई बनायो ट्रेन्डिङ
- ‘डोको बुन्ने’ मा झुम्यो नेपालगन्ज, ‘कुमारी’ प्रचार यात्रा भव्य रूपमा प्रारम्भ
- ‘ड्रेस टु इम्प्रेस’मा उत्कृष्ट ४ डिजाइनर सहित ७ विजेता घोषित
- अभिनेत्रीसँगै निर्मात्री बनेकी बेनिशाको ‘द ब्ल्यू लाइट’को ट्रेलरमा देखियो डर लाग्दा दृश्य
- ६ महिनामा ३९ अर्ब रुपैयाँभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता
- सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको सङ्गम
थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने
काठमाडौँ,
गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना गरिने भएको छ । विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता सो कार्यक्रम आयोजना गर्ने तयारी गरिएको नेपाली दूतावासले जनाएको छ । यो प्रतियोगितामा १० किलोमिटर तथा पाँच किलोमिटर दौड समावेश गरिनेछ ।
नेपाली राजदूतावास, थाइल्याण्डमा सरोकारवाला सङ्घ संस्थाको सहभागितामा आइतबार एक छलफल कार्यक्रम आयोजना गरेको थियो । सो छलफलमा नेपाल एयरलाइन्स, गैर–आवासीय नेपाली संघ–थाइल्यान्ड राष्ट्रिय समन्वय परिषद्, पिपुल अफ नेपाली ओरिजिन एशोसिएसन, थाई–नेपाल संघ, थाई–नेपाल फ्रेन्डसिप एसोसिएसन, संयुक्त राष्ट्र संघीय निकायमा कार्यरत नेपाली, र विभिन्न पेशा सञ्चालन गरिरहेका नेपाली उद्यमीसहित म्याराथन सञ्चालन गर्ने केही थाई नागरिककोसमेत सहभागिता थियो ।
कार्यक्रमका लागि थाईल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डमा स्थापित नेपालसँग सम्बन्धित सबै संघ–संस्थाका प्रतिनिधि समावेश हुनेगरी एक आयोजक समिति गठन गरिएको छ ।
कार्यक्रमले गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी, नेपाली पर्यटन, नेपाली परिकार तथा नेपालको साँस्कृतिक र निर्यातयोग्य वस्तुहरूको प्रचारप्रसार गरी प्रभावकारी रुपमा नेपाल चिनाउने लक्ष्य राखिएको नेपाली दूतावासले जनाएको छ ।