
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियरो’ सार्वजनिक
- तनावबीच हँसाउन आयो ‘चमेलीको पोइ’, १८ वर्षपछि पर्दामा फर्किए ‘प्रेमचरो’
- बाबुुल गिरी र बबी लिम्बुको स्वरमा फिल्म ‘परिवार’को दशैं डान्सिङ नम्बर ‘रातो टिका’
- ६ महिनाको ऐना: शासकीय आशा र हुकुमी छायाँ
- कास्की काँग्रेसको सभापतिमा दिनेश आचार्यको आकाङक्षा
- पुष्प र प्रशंसाले दाङबाट सुरु गरे ‘सिन्दूर’को छायांकन
- हङकङमा ‘आ बाट आमा २’ टिमलाई भव्य सम्मान: टिजर र गीत दुवैले कटाए ५० लाख भ्युज
- पहिलो दिन ६ लाख कमाएको ‘बाः एक योद्धा’को कलेक्सन एक करोड ११ लाख, दोस्रो सातामा प्रवेश
- जैविक मलको प्रयोग बढाउनुपर्छः मन्त्री चौधरी
- ‘१२ गाउँ २’को गीत ‘लालीगुराँस’मा समीर र कृशुको नृत्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ । प्रदेशसभा सचिवालयले आज दिउँसो १ः०० बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराएको हो ।

सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनु हुने छ । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्नु हुनेछ । मुख्यमन्त्रीले प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि प्रदेश सभा बैठकमा छलफल हुनेछ । छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्रीको जवाफपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
लुम्बिनी प्रदेश सभामा कुल ८३ प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि आवश्यक बहुमतका लागि ४२ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमतभन्दा बढी प्रदेश सभा सदस्यको समर्थन जुटाउने गरी तयारी गर्नुभएको छ । नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।