सुचना, समाचार र मनोरन्जन

पछिल्लो २४ घण्टामा कास्कीको लुम्लेमा सर्वाधिक २१५.८ मिलिमिटर वर्षा

पछिल्लो २४ घण्टामा कास्कीको लुम्लेमा सबैभन्दा बढी २१५.८ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, पर्वतको पञ्चासेमा १८९.८ मिलिमिटर वर्षा मापन भएको छ । पोखरामा पनि ११८.३ मिलिमिटर वर्षा भएको छ ।

धनकुटाको त्रिवेणीमा १९५.६ मिलिमिटर वर्षा मापन भएको विभागले जानकारी दिएको छ । त्यस्तै, जिल्लाको मछुवाघाटमा १७३.२ मिलिमिटर वर्षा भएको छ । धरानमा ११७.२ मिलिमिटर वर्षा मापन गरिएको छ । सुनसरीको तरहरामा १३०.६ मिलिमिटर वर्षा मापन भएको छ ।

Leave A Reply

Your email address will not be published.