काठमाडौँ :
बलिदानी दिवसको अवसरमा माघ ५ गते मधेस सरकारले मधेस गान सार्वजनिक गरेको छ । शनिबार मधेस सरकारले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा मधेस राष्ट्रगान भन्दै छुट्टै बजाइयो।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेको कार्यक्रममा मधेस गान सार्वजनिक भएपछि आलोचना सुरु भएको छ।
मधेसलले सार्वजनिक गरेको राष्ट्रगानमा ‘मधेस है अपनी आनबान, जीवनधारा है मधेस, मधेस मे बस्ती जान हमारी, प्राण से प्यारा मधेस, मधेस हमारा जिने का मक्सद, रगरग बसा मधेस, मधेस है अस्तित्व हमारा, धर्मा–कर्मा मधेस । जय मधेस, जय मधेस ।’
शब्द समावेश रहेका छन्।
मैथिली भाषामा लेखिएको सुरुवातको समयमा यो गीतलाईपछि डा.सागरले हिन्दीमा रूपान्तरण गरेका हुन् । मधेस गान भारतिय गायक उदित नारायण झा र नेपालका गायक रविराज साहले गाएका छन् । यो गीतको आलोचनाको विषय बनेको छ। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरीले आफ्नो आपत्ती रहेको बताए।
‘मधेस गानको प्रस्तुतिमा मेरो आपत्ति छ है,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मधेसी शान्ति प्रिय समाज हो । समानता र न्यायकै लागि विभेदविरुद्ध मधेस विद्रोह भएको हो । १५ देखि २० लाख मधेसीले शान्तिपूर्ण मानव शृङ्खला बनाएर राज्य सत्तालाई जगाउन खोजेकै हो ।’
सार्वजनिक गानको प्रथम फ्रेममै मधेसीले ढुङ्गामुढा गरेको दृश्यलाई समावेश गरिएको छ। यसमा उनले यो कति उचित छ भनेर प्रश्न गर्दै उनले यसले मधेसीबारे गलत अवधारणा प्रस्तुत गरेको भन्दै टिप्पणी गरेका छन् ।