सुचना, समाचार र मनोरन्जन

मधेशमा डीप बोरिङ जडान शुरू

धनुषा – मधेश प्रदेश सरकारले डीप बोरिङु जडान गर्ने योजना शुरू गरेको छ । वर्षा नभएर सिँचाइ र खानेपानीको सङ्कट उत्पन्न भएपछि प्रदेश सरकारले प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा हरेक वडामा एउटाका दरले डीप बोरिङ जडान गर्ने योजना शुरू गरेको हो ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर २ मा रहेको परशुराम तलाउ क्षेत्रमा पहिलो चरणको जडान शुरू भएको मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले जानकारी दिए। उनका अनुसार अहिले खानेपानीको समस्या विकराल बन्दै गएकाले सिँचाइभन्दा खानेपानीलाई प्राथमिकता दिएर डीप बोरिङ जडान कार्य शुरू गरिएको छ ।

खडेरीको चपेटामा परेको मधेशलाई प्रदेश सरकारले सुक्खा क्षेत्र घोषणा गरिसकेको छ भने सङ्घीय सरकारले पनि तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । प्रदेश सरकारले खानेपानी अभाव भएका क्षेत्रमा ट्याङ्कर तथा दमकलबाट निःशुल्क रूपमा पानी वितरण गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.