सुचना, समाचार र मनोरन्जन

किन भयो ‘माग्ने बुढा’माथि आक्रमण ? भिडियोमार्फत केदार घिमिरेको प्रष्टीकरण

काठमाडौं :

यतिबेला सामाजिक अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले आफूमाथि आक्रमण भएको भिडियो छ्याप छ्याप्ती छ। अन्तरवार्ताका क्रममा उनीमाथी एक मानिस स्टुडियोमा नै छिरेर अछार पछार गरेको भिडियो भाइरल बनिरहेको छ। उक्त भिडियोमा केदारलाई लछार पछार पार्दा रिसले उनी टेबुललाई नै हात्तले हानेर पाल्छन्।

यस भिडियोबारे अभिनेता घिमिरेले प्रष्टीकरण दिएका छन्। बुधबार दिउँसो फेसबुक लाइभमार्फत घिमिरेले उक्त घटना आगामी फिल्म ‘माइतीघर’को प्रचारप्रसारका क्रममा प्रि–प्लानअनुसार गरिएको प्रयांक भएको र अलिक फरक दंगमा प्रस्तुत भएका कारण अप्रिय घटना घटेको स्पष्ट पारेका छन्।

उनका अनुसार,योजना विपरीत हातपातसम्म पुग्दा दृश्य आक्रमणझैं देखिएको उनले बताए। उनले भिडियोमा भनेका छन्,‘उहाँले आएर अलिकति थर्काउने त भनेको थियो तर हातपातसम्म गर्नु भयो । त्यो चाहिँ प्लानिङ थिएन्। तैपनि यसलाई ठट्टाकै रुपमा लियौं।’

Leave A Reply

Your email address will not be published.