सुचना, समाचार र मनोरन्जन

‘बलिदान’ले पायो पिजी प्रमाणपत्र,सबै उमेरकाले हेर्न पाउने

काठमाडौं :

आगामी सोमबार फूलपातीको दिन रिलिज हुन लागेको फिल्म ‘बलिदान’ले पेरेन्टल गाइडेन्स (पिजी) प्रमाणपत्र पाएको छ। शुक्रवार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पिजी सर्टिफिकेट दिएको हो।

अब यो फिल्मलाई सबै उमेर समूहका दर्शकले अभिभावकको मार्गदर्शनसहित हेर्न सक्नेछन्। सन्तोष सेन निर्देशित ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका चर्चित कलाकारको अभिनय रहेको छ। बिहिबार यस फिल्मको अग्रिम टिकट बिक्री सुरु भएको थियो। सँगै हलहरूमा दर्शकले टिकट खरिद गर्न उत्साह देखाएकाले चलचित्रप्रति उच्च अपेक्षा रहेको अनुमान गरिएको छ।

‘आसुसेन फिल्म प्रोडक्सन प्रा।लि।’ को ब्यानरमा बनेको यस फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्। ‘बलिदान’लाई दसैँ पर्वमा पारिवारिक मनोरञ्जनको मुख्य आकर्षण बन्ने आशा गरिएको छ।

Leave A Reply

Your email address will not be published.