सुचना, समाचार र मनोरन्जन

कडेल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौँ,

अधिवक्ता डा. नारायण दत्त कडेल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा कडेललाई उक्त पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार बागलुङका कडेललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको हो।

महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो।

Leave A Reply

Your email address will not be published.