काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा आज शुरू भएको सुनुवाइमा ओली र लेखकको तर्फबाट वकिलहरूले बहस गरेका छन् । बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा रहेको हो ।
गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका घटनाबारे जाँचबुझ गर्न गठिन आयोगको सिफारिशअनुसार अनुसन्धान गर्न प्रहरीले ओली र लेखकलाई चैत १४ गते बिहान पक्राउ गरेको हो ।
दुवै जनामाथि प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।