सुचना, समाचार र मनोरन्जन

दिनेश राउत टिमले ‘महाभोज’को सक्यो छायाङ्कन

काठमाडौं :

दिनेश राउतको निर्देशनमा बनिरहेको नेपाली फिल्म ‘महाभोज’को छायाङ्कन सम्पन्न भएको छ। निर्माण टिमले काठमाडौंमा छायाङ्कन गर्दै शुक्रवार साँझ चलचित्रको इन्ड क्ल्याप गरिएको हो।

इन्ड क्ल्यापमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य छायाङ्कन गरिएको थियो। गत माघ ८ गते पोखराको घाचोकबाट सुरु भएको थियो। ३५ दिने छायाङ्कन तालिकामा ३३ दिन घाचोक र २ दिन काठमाडौंमा छायाङ्कन गरिएको निर्देशक राउतले बताए। निर्देशकका अनुसार ‘महाभोज’ समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको कथामा आधारित छ।

यस चलचित्रले सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही स्वर प्रस्तुत गर्ने विश्वास उनले लिएका छन्। ुमहाभोजु निर्देशक दिनेश राउतको आठौँ फिल्म हो। फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस फिल्मका निर्माता हिमाल कडरिया हुन्। यस फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् राजेश श्रेष्ठले खिचेका छन्। फिल्मको सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको,मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ। काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा वितरणको जिम्मा लिएको यो फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन।

Leave A Reply

Your email address will not be published.