सुचना, समाचार र मनोरन्जन

महावीर पुन मन्त्री बन्दै

म्याग्दीका स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने लगभग पक्का भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी छ ।

पुनको माग बमोजिम सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट समेत विनियोजन गरेको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यो क्षेत्रमा पूँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन गरिएको बताएका थिए ।

उक्त मन्त्रालयका लागि पुनले बजेटको अनुपात सहितको माग राख्दै आएका थिए । यसअघिको अन्तरिम सरकारमा पुन शिक्षामन्त्री थिए ।

गत फागुन २१ को चुनावमा उनी म्याग्दीबाट स्वतन्त्र रुपमा चुनाव जितेका थिए । उनलाई चुनावमा रास्वपाले समर्थन गरेको थियो । रास्वपाका सांसद भएपनि उनको संसद्‌मा स्वतन्त्र सांसदको हैसियत छ ।

पुनले लामो समयदेखि विज्ञान तथा नवप्रवर्तनको वकालत गर्दै आएका छन् । उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका छन् ।

Leave A Reply

Your email address will not be published.