म्याग्दी,
म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले फराकिलो अग्रता निकालेका छन् । हालसम्म आठ हजार ९७५ मत गणना हुँदा पुनले तीन हजार ७४० मत प्राप्त गरेका छन्।
निकटतम प्रतिस्पर्धी देखिएका नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले एक हजार ५२८ मत मात्रै ल्याउँदा एक हजार ३२० मतसहित नेपाली कम्युनिस्ट पार्टीका अर्जुनकुमार थापा तेस्रो स्थानमा छन् ।
नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले एक हजार २८८ मत मात्रै पाएका छन् ।
