सुचना, समाचार र मनोरन्जन

विजयी जुलुस नगर्न रास्वपाको आग्रह

 

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक डिपी अर्यालले रास्वपाबाट निर्वाचित हुने उम्मेदवार तथा पार्टीका शुभचिन्तकलाई विजयी र्‍याली ननिकाल्न आग्रह गरेका छन्।

 

Pach Pandav

आज एक भिडियो सन्देश जारी गर्दै उनले निर्वाचित हुने उम्मेदवारसँग अबिर जात्रा गर्ने, रमाइलो गर्ने, खुसी साटासाट गर्ने तथा र्‍याली गर्ने धेरैको चाहना भए पनि यो विजयी जुलुस निकाल्ने समय नभएको बताए। यस पटकको निर्वाचन आउनुमा जेनजी उमेर समूहका नानीबाबुहरुको ज्यान गुमाएको पीडा हामीबाट नसेलाएको उल्लेख गर्दै उनले मध्यपूर्वमा केही समय अघिदेखि भइरहेको घटनाका कारण पनि विजयी जुलुस ननिकाल्न आग्रह गरे।

 

“हामीलाई जनताले सरकार बनाउन र जनताका लागि काम गर्नका लागि दिएको कार्यादेश हो, त्यसैले हामीले जनताका लागि काम गरेपछि मतदाताहरुसँग घरदैलो गर्ने नै छौँ”, उनले भने। अर्यालले मतगणना स्थलमा मात्रै शुभेच्छुकलाई धन्यवाद दिन आग्रह गरे।

Leave A Reply

Your email address will not be published.