सुचना, समाचार र मनोरन्जन

‘महाजात्रा’को टिजरमा : पैसाको लोभमा फसेका ३ पात्रको कथा

काठमाडौं :

प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’को टिजर सार्वजनिक भएको छ। यो फिल्मको टिजरमा पैसाको लोभमा फसेका ३ पात्रको कथा देखाइएको छ ।

टिजरमा मुख्य कलाकारहरू विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँलाई केन्द्रमा राखेर कथा घुमाइएको छ। उनीहरु दौडधुप पैसाकै वरिपरी रहेको देखिन्छ। यी तीन मुख्य पात्रलाई हरिवंश आचार्यको लफडा पनि टिजरमा देखाइएको छ।

फिल्ममा वर्षा राउत, राजाराम पौडेल, अर्जुन जंग शाही, शिशिर वाङ्देल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कोइराला, अर्विन खड्का लगायतका कलाकारको अभिनय छ। क्लाकार समेत रहेका रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता हुन् भने म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको पनि लगानी छ ।

पुरुषोत्तम प्रधानको छायांकन,मित्र डी गुरुङको सम्पादन रहेको फिल्मलाई निर्देशक भट्टराईले नै लेखेका हुन्। फिल्म आगामी चैत ९ गते प्रदर्शनमा आउदैछ।

Leave A Reply

Your email address will not be published.