काठमाडौँ,
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष महाधिवेशनबारे चार वटा विकल्प प्रस्ताव गरेका छन् । पार्टीभित्र नियमित या विशेष महाधिवेशनबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि बुधवार बिहान खड्कालाई शर्माले चार विकल्प प्रस्ताव गरेका हुन् ।
१. पहिलो विकल्प: कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गरौँ ।
२. दोस्रो विकल्पः विशेष महाधिवेशन मंसिर मसान्तभित्रै विधानको १७९२० बमोजिम ‘केन्द्रीय समितिले चाहेमा’ भनेर उल्लेखित दफा बमोजिम बोलाऊँ ।
३. तेस्रो विकल्पः विधानको १७ (२) बमोजिम नै ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले गरेको लिखित माग सम्बोधन गर्दै, मंसिर मसान्तभित्रै विशेष महाधिवेशन गरौँ ।
४. चौथो विकल्पः थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गरौँ । त्यसका लागि पुस १६ देखि १९ सम्मको मिति उपयुक्त हुन्छ भन्ने मेरो आग्रह छ ।
पुस १६ गते जननायक बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक दिन भएको महाधिवेशन गर्न उपयुक्त हुने उनको निष्कर्ष छ ।