सुचना, समाचार र मनोरन्जन

शङ्ख धुन र पञ्चेबाजासहित ‘महाराजधिराज’को शुभमुहूर्त,तीन घण्टा बिहेको जग्गेमा झैँ बसे पूजा र पुष्प

काठमाडौं :

आगामी दसैंको फुलपातीबाट प्रदर्शनमा आउने फिल्म ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको छ। मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेबाजासहित बिहान ‘महाराजधिराज’को भव्य शुभमुहूर्त गरिएको हो।

बिहान ८ बजेबाट सुरु भएको शुभमुहूर्तको पूजा बिहान ११ः११ बजेसम्म चलेको थियो। उक्त शुभमुहूर्त पूजामामा फिल्मका मुख्य कलाकार पुष्प खड्का, पूजा शर्मा, उषा रजक,रमेश उप्रेती लगायतका कलाकारहरु सहभागी भएका थिए।

परिच्छेद सेनको निर्देशनमा निर्माण हुने यस फिल्मको सुटिङ भने यही २५ गते सुनसरीबाट सुरु हुनेछ । सुनसरीको श्रीलंका टापुबाट सुरु हुने फिल्मको छायांकन हुने निर्माण पक्षले जानकारी दिएको छ। उक्त ठाउँमा अर्थात सुनसरीमा एक हप्तासम्म छायांकनको सेड्युल राखिएको छ। बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा गरिने निर्माण पक्षको भनाई छ। यो फिल्मको छायांकन सेड्युल ७० दिनको राखिएको छ। फिल्मलाई नबराज थापाले खिच्नेछन्।

परिच्छेद सेनको निर्देशन रहेको फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत,मोहन निरौला, दिनेश डिसी,सुशील सिटौला लगायतको अभिनय रहने छ। ठूलो संख्यामा कलाकार रहेको यो फिल्ममा अन्य कलाकार हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटाको पनि अभिनय रहनेछन् ।

साथै कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायत कलाकारको अभिनय छ ।

‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् भने यो फिल्म छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । यस फिल्मको लेखन निर्देशक सेन स्वयंको छ।

‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्।

Leave A Reply

Your email address will not be published.