सुचना, समाचार र मनोरन्जन

‘माइतीघर’को फस्टलुक सार्वजनिक, दशैंको फूलपातिमा रिलिज

काठमाडौं :

रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’को फस्टलुक रिलिज भएको छ। निर्माणपक्षले फिल्मका मुख्य कलाकारहरुलाई समावेश गर्दै फस्टलुक तयार पारेको छ ।

मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुलाल यो फिल्मका कार्यकारी निर्माता हुन्। रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको फिल्ममा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गिय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन, साहिल खानको ट्रेलर छ । यो फिल्म दशैंको फूलपातिको अवसर पारेर असोजको १३ गतेबाट रिलिजमा आउँदैछ ।

फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ।फिल्मको फस्टलुकमा कलाकारहरुको पात्र चित्रण गर्न खोजिएको छ । यस्तै, पोस्टरमा उज्यालो बलिरहेको घर समेत छ । यसले, माइतीघरलाई चित्रण गर्न खोजिएको वुझ्न सकिन्छ।

फिल्म ‘माइतीघर’ले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ । फिल्म उत्कृष्ट बनेको भन्दै निर्माता रोहित अधिकारीले प्रचारप्रसारमा पनि कुनै कमी नगर्ने बताएका छन्। रोहितले यसअघि निर्माण गरेका ‘गाजलु, छ माया छपक्कै, फर्की फर्की’लाई पनि दर्शकले रुचाएका थिए ।

Leave A Reply

Your email address will not be published.