Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे
- मिर्गौला पीडितलाई मिस नेपाल आश्मा, नीति र त्रिसराको ३ लाख सहयोग
- जुनियर सुपरमोडेल इन्टरनेशनल नेपालको ग्रान्ड फिनाले तथा सम्मान एवं अवार्ड कार्यक्रम सम्पन्न
- नाटक ‘वीर गणेशमान’को प्रिमियर सम्पन्न, प्रजातन्त्रको मूल्य बुझ्न युवा पुस्ताले हेर्नैपर्ने गणेशमानका छोरा प्रकाशमान सिंहको जोड
- रेखाको ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित, तिहारलाई सर्यो
- रेवान पोखराद्वारा ठूलाखेतमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ५० जना लाभान्वित
- कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन
- पोउवा संघमा उत्तममान बुद्धाचार्यको स्वतन्त्र उम्मेदवारी, ‘विधानअनुसार संघ चलाउँछु’
- ‘सफलमै छ असली स्वाद’ अभियानलाई थप प्रभावकारी बनाउँदै सुजल डेरी
- बाढीपीडितको साथमा जय श्री फुड्सः २५ लाख नगद र ५ हजार प्याकेट चिउरा सहयोग
किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गरिने
काठमाडौँ,
कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने भएको छ । मन्त्रालयले धान खेती गर्ने कृषकलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको हो ।
करिब एक लाख ४५ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाइएको छ । धान खेतीलाई दृष्टिगत गरी युरिया र डिएपी गरी ४० हजार मेट्रिकटन मल छिट्टै आयात गरिने प्रकृया अघि बढाइएको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले जानकारी दिनुभयो । किसानलाई मल बिक्री गर्दा डिपोमार्फत वैज्ञानिक आधारमा वितरण गरिने छ ।
देशभर गत वैशाख ३० गतेसम्म रासायनिक मल करिब एक लाख ४५ हजार मेट्रिकटन मलको मौज्दात रहेको तथा सडक मार्ग भएर चार हजार ५८५ मेट्रिकटन मल आउने क्रममा रहेको जनाइएको छ ।
कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ कर्पोरेशनका विभिन्न डिपोमा मौज्दात रहेको मल आपूर्तिलाई सहज तथा वितरण व्यवस्थालाई प्रभावकारी बनाउन आधिकारिक डिपोहरूबाट मात्र मल खरिद गर्न कृषकलाई आग्रह गरिएको छ ।
सरकारले चालू आर्थिक वर्षमा छ लाख मेट्रिकटन मल ल्याउने लक्ष्य राखेको त्यसका लागि २८ अर्ब ८२ करोड १४ लाख रूपैयाँ विनियोजन गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षमा हालसम्म रासायनिक मल चार लाख ९१ हजार ३०० मेट्रिकटन टेण्डर गरिएको मन्त्रालयले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको उत्पादन लागत वृद्धि भएकाले मलको मूल्य बढेको छ ।
सरकारले गुणस्तरहीन वा कमसल मलको कारोबार तथा कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानुनअनुसार कारवाही गर्ने जनाएको मन्त्रालयले आधिकारिक डिपोबाट गुणस्तर परीक्षण गरेर मात्र मल खरिद गर्न भनेको छ ।
Next Post