चितवन,
जिल्लामा झण्डै सात हजार ८७६ मेट्रिकटनभन्दा बढी रासायनिक मल तथा कृषि चुन बिक्री भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय भरतपुर, चितवनका अनुसार गत आर्थिक वर्ष २०८२÷८३ मा उक्त मल बिक्री भएको हो । शाखा प्रबन्धक राजन बगालेले युरिया, डिएपी, पोटास र चुन गरी कूल सात हजार ८७६ दशमलव ४०० मेट्रिकटन बिक्री भएको बताउनुभयो ।