काठमाडौं :
गत शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनरत फिल्म ‘मन बिनाको धन’मा समावेश गीत ‘बा आमा’ सार्वजनिक गरिएको छ। बुधबार निर्माण पक्षले आफ्नै युटुब च्यानलमार्फत गीतको भिडियो रिलिज गरेको हो।
अशोक दर्जी र ए।आर। बुढाथोकीको स्वर रहेको यस गीतमा टंक बुढाथोकीको संगीत र एरेन्ज तथा शंकर आचार्यको शब्द रहेको छ।
देशभर प्रदर्शनमा रहेको फिल्मलाई दर्शकले अत्यधिक मन पराइरहेका छन्। प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन्।
कलाकार अशोक दर्जीको वास्तविक जीवनको कथा केन्द्रमा रहेको यस फिल्मले भावनात्मक प्रभाव छोडेको दर्शक प्रतिक्रियाबाट झल्किन्छ। हलमा पुग्ने बखत दर्जीलाई अँगालो हाल्दै रुने दर्शकका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।
फिल्म हेरेर स्कुले विद्यार्थीदेखि उनीहरूका आमाबुबासम्म आँसु झार्दै हलबाट निस्किएको दृश्य पनि चर्चामा रहेको छ। फिल्मका कलाकारहरू राजधानीदेखि बाहिरी शहरसम्म हल–भिजिट अभियानमा छन्। पहिलो दिनमा ९५ शो पाएको फिल्मले अहिले १२५ शो पाउँदै देशभर हाउसफुल प्रदर्शन गरिरहेको छ।
टंक बुढाथोकीको निर्देशन र निर्माणमा बनेको यस चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रविन्द्र झा, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, एआर बुढाथोकी र बाबु पराजुली लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मको कथा टंक बुढाथोकी स्वयंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्माता मिनु शर्मा ९सपना० रहेकी छिन्। जी।पी। संग्रोला, विवेक नेपाल र बिजया पाण्डे सहनिर्माता छन्।
फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी। गुरुङको सम्पादन र नवराज शर्माको सहायक निर्देशन रहेको छ।
चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दै छन्।