
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कात्तिक १४ गते शनिबार पोखरामा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’को आयोजना हुने
- उपासना र सोनमको ‘जलाकी’ अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री
- नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’, यी क्षेत्रमा ‘रेड अलर्ट’ जारी
- ४३ महिनामा १ लाखभन्दा बढी काठमाडौं महानगरवासीले पाए निःशुल्क कानुनी सेवा
- जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
- छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
- एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
- ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
बाढी प्रभावितको मानव अधिकारप्रति संवेदनशील बन्न आग्रह
काठमाडौँ,
राष्ट्रिय मानवअधिकार आयोगले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकाको खोजीलाई तीव्र बनाउन, घाइतेको निःशुल्क र भरपर्दो उपचार गराउन माग गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त बाढी पहिरोका कारण मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन र आवत जावत सञ्चालन गर्न माग गरिएको छ ।
“बाढीमा परी अझै हराइरहेकाको खोजीलाई तीव्र बनाउन, घाइतेको निःशुल्क, भरपर्दो उपचार गराउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउनुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “आवतजावत सञ्चालन गर्न, सङ्कटको बेला हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्दै दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन, विपद्पूर्व, विपदको अवस्था र विपद्पश्चात गरिनुपर्ने कार्यको प्रभावकारी योजना बनाउन जरुरी छ ।”

आयोगले सङ्कटको बेलामा हुन सक्ने मानव अधिकार उल्लङ्घनका घटनाप्रति सचेत हुन सरकारलाई आग्रह गरेको छ । यस विपद्पूर्ण घडीमा राज्यका निकायले गर्ने कार्यलाई आ–आफ्नो भूमिकामा रहेर सघाउनसमेत आयोगले आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।
आयोगले बाढीपश्चात् धनजनको क्षति न्यून गर्न उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सम्बद्ध निकायबाट भएको कार्यप्रति धन्यवाद ज्ञापन गरेको छ ।
उक्त बाढीमा परेकामध्ये हालसम्म नौ वटा मानव अङ्ग फेला परेको, १९ जना हराइरहेका र दर्जनौँ घाइते हुुनुका साथै सवारीसाधन, भवन, सडक, हाइड्रोपावर जस्ता भौतिक सम्पत्तिमो क्षतिपुगेको आयोगलाई जानकारी प्राप्त भएको जनाएको छ । उक्त घटनाको अनुगमनका लागि आयोगको अनुगमन टोली रसुवा पुगेको विज्ञप्तिमा उल्लेख छ ।