Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- दशैँ महोत्सव सफल बनाउन पोखराका पर्यटन क्षेत्रको सामूहिक प्रतिबद्धता
- मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती
- सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी
- सुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी
- तरकारीखेतीले फेरिएको जीवन
- बहुपक्षवादप्रति बढ्दो अविश्वास
- वर्षाले चार दिनमै लियो २७ जनाको ज्यान, १ हजार ८२ परिवार प्रभावित
- चार दिनपछि खुल्यो बिपी राजमार्ग
- थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु
- उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही
मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण
मनाङ,
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् ।
विसं २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ६ हजार ७७९ मतदाता रहेका थिए । प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरका अनुसार आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ मतदाताले २९ मतदान केन्द्रमा मतदान गर्ने छन् । सुरक्षा र मतदातालाई सहज बनाउन कारागारमा एउटा मतदान केन्द्र थप भएको छ ।
नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायीसमेत गरी ६, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र रहेका निर्वाचन अधिकारी कुँवरले बताउनुभयो । भौगोलिक दृष्टिले मनाङमा निर्वाचन जोखिमपूर्ण रहेको छ । यस समयमा पनि हिमपात हुनसक्ने र विकटतालाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनको कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका संयोजक नवराज पौड्यालले जानकारी दिए ।
“सडकसमेत नपुगेको र भौगोलिक विकटता रहेको नार्पाभूमिमा जोखिम छ । निर्वाचनको तयारी भने भइरहेको छ”, उनले भने ।
भौगोलिक रूपमा विकट, मौसमका हिसाबले संवेदनशील र पूर्वाधारको दृष्टिले चुनौतीपूर्ण मानिने यस जिल्लामा निर्वाचन सम्पन्न गर्नु आफैँमा एउटा ठूलो व्यवस्थापकीय काम हो । त्यसैले निर्वाचन आयोग, जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच आवश्यक समन्वय गर्दै निर्वाचनको तयारीलाई प्राथमिकतामा राखिएको छ ।
Next Post