सुचना, समाचार र मनोरन्जन

कलेजमा पढ्दै नपढि अभिनेत्री मनीषाले कसरी पाइन् बेलायतको ब्राडफोर्ड विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि उपाधि

काठमाडौं :

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री मनीषा कोइरालालाई बेलायतस्थित ब्राडफोर्ड विश्वविद्यालयले जीवनमा पुर्याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ।

समाजसेवा, सांस्कृतिक प्रवर्धन र जीवन संघर्षको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी मनीषाले सामाजिक सञ्जालमा उक्त सम्मान ग्रहण गर्दै आफ्नो मनोभाव सार्वजनिक गरेकी छन्। उनले भनिन्, “परम्परागत शैक्षिक बाटोमा नभएर जीवनका कठिनाइ, असफलता र निरन्तर प्रयासबाट मैले सिकेको कुरा यही सम्मानले मान्यता पाएको छ।”

मनीषा कोइराला बलिउड र नेपाली फिल्म जगतमा लामो समयदेखि सक्रिय छिन्। केही वर्षअघिको क्यान्सरसँगको जितले उनको जीवनलाई अझ प्रेरणादायी बनाएको छ। पछिल्ला दिनमा उनले संजय लीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डीस् द डायमण्ड बजार’मा मलिकाजानको भूमिकामा सफलता हासिल गरेकी छिन्।

ब्राडफोर्ड विश्वविद्यालयले यस प्रकारको सम्मानले कला, समाज र सेवामा विशिष्ट योगदान गर्ने व्यक्तिहरूलाई प्रोत्साहित गर्ने बताएको छ।

Leave A Reply

Your email address will not be published.