काठमाडौं :
फिल्म ‘दयारानी’बाट निर्देशनमा होमिएका अभिनेता माओत्से गुरुङ दोस्रो फिल्मको तयारीमा जुटेका छन्। पहिलो फिल्मले व्यावसायिक रुपमा सफल भएपछि उनी अब दोस्रो फिल्मको तयारीमा जुटेका छन् । उनी दोस्रो आफ्नो निर्देशनमा बन्ने फिल्म ‘पेन्सनपट्टा’ शीर्षक तय गरेर निर्माणमा होमिने भएक ाछन्। उनी आफैले लेखेको यो फिल्मको सुटिङ केहि महिनाबाटै हुने बुझिएको छ।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्मातामा माओत्सेसँगै डिबी गुरुङ रहने चर्चा छ। निर्देशक तथा अभिनेता माओत्सेको कुरा गर्ने हो भने उनले फिल्म ‘पुरानो डुङ्गा’, ‘कबड्डी’ श्रृंखला, ‘डिग्री माइला’,‘मिस्टर झोले’लगायत थुप्रै फिल्ममा काम गरिसकेका छन्।