सुचना, समाचार र मनोरन्जन

आयुष्मानले खिचेको ‘साहु बा’ टिजरमा सस्पेन्स प्रियंकाको भुमिका

काठमाडौं :

अभिनेत्री प्रियंका कार्की अभिनित वेव सिरिज ‘साहु बा’मा उनका श्रीमान आयुष्मान देशराज जोशीले खिचेका छन्। फिल्म ‘चपली हाइट २’बाट अभिनेतामा डेब्यु गरेका उनले आधा दर्जन भन्दा बढि फिल्ममा फिल्म गरेपछि छायांकनको पाटोलाई समेत समालेका छन्। श्रीमतीले अभिनय गरेको वेव सिरिज ‘साहु बा’मा उनले छायांकन गरेका छन्। अभिनयमा भन्दा बढि उनको रुचि छायांकनतर्फ मोडिन थालेको छ।

उनीहरुका अनुसार लकडाउनको समयमा उनले वेब सिरिज ‘जस्ट एनदर लभस्टोरी’ खिचेका थिए। सोही क्रममै खिचेको अर्को वेब सिरिज ‘साहु बा’ तीन वर्षको अन्तरालमा प्रसारण हुने भएको छ। सोमबार काठमाडौंमा निर्माण टिमले सिरिजको ट्रेलर, टिजर र गीत पत्रकारमाझ देखाउदै एपिवान टेलिभिजनबाट प्रसारण हुने जानकारी दिइयो। तर कहिलेबाट प्रसारण हुन्छ भन्ने कुरामा भने केहि समय लाग्ने बताइयो।

५३ सेकेण्ड लम्बाईको टिजरलाई म्युजिक नेपालको युटुब च्यानलमार्फत अपलोड गरिएको छ। सिरिज हेर्दा सिरिजमा सत्ता, शक्ति र बदलाको कथामा बनेको बुझ्न सकिन्छ। क्राइम–थ्रिलर जनरामा बनेको सिरिजमा प्रियंका कार्कीका अलवा सरिता गिरी,विजु पार्की, नम्रता श्रेष्ठ, कविता नेपाली, छुल्ठिम गुरुङ, अमितेष शाह लगायतको पनि अभिनय छ ।

२४ वटा श्रृंखला रहेको यो सिरिजमा सुजय योङको लेखन तथा निर्देशन रहेको छ। ीसरिजलाई आयुष्मानसहित संगम राई र अनिस तामाङले खिचेका हुन् भने रामप्रसाद चौधरी र चन्दन दत्तको सम्पादन छ । यसको द्वन्द्व निर्देशक प्रेम लामा र राजु तामाङ रहेका छन्।

Leave A Reply

Your email address will not be published.