सुचना, समाचार र मनोरन्जन

वाईवाईको ‘क्रिकेट स्पेशल प्याकेट’बजारमा ल्याउँदै क्यानलाई ६० लाख सहयोगको घोषणा

काठमाडौं :

सीजी फुड्स नेपाल लिमिटेडले टी२० क्रिकेट टोलीलाई प्रोत्साहन स्वरुप ‘वाईवाई क्रिकेट स्पेशल एडिसन प्याकेट’ लिएर बजारमा आएको छ। सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै सीजीले यसबारेमा जानका दिएको हो।

नेपाल दोस्रो पटक आइसीसी पुरुष टी–२० विश्वकपमा सहभागि हुन सफल भएकोमा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन गर्नको लागि उक्त प्याकेट बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ।

सिजीका अनुसार टी२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइवाइको नयाँ प्याकेट विशेष हुनेछ।
उक्त पत्रकार सम्मेलनमा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितिमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर पनि गरेका छन्।

सम्झौता पत्रका हस्ताक्षर गरेपछि क्यानका सचिव खड्काले प्राप्त रकमलाई क्रिकेटकै कामको लागि प्रयोग गर्ने भनेर बोर्डबाट नै घोषणा भइसकेको जानकारी दिए।

उनले भने,‘‘जति पनि रकम प्राप्त हुन्छ त्यसलाई क्रिकेटकै कामको लागि प्रयोग गर्ने भनेर बोर्डबाट नै घोषणा गर्नेछौँ । वाइवाइले घोषणा गरेको सम्पूर्ण रकम नेपाली क्रिकेट टिममा नै आउने छ । टिमको हौसला बढाउनु पर्छ भनेर पनि सम्झौता गरिएको हो ।’

पुरुष यू–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाइले महिला यू–१९ टिमलाई समेत प्रायोजन वापत ३० लाख रुपैयाँ तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख रुपैयाँ गरि जम्मा ६० लाख रुपैयाँ नेपाल क्रिकेट संघलाई सहयोग गर्ने जनाएको छ।

यसअघि वाइवाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर–८ मा पुग्न सफल भएमा ३० लाख रुपैयाँ तथा मनोवल उच्च बनाउने उद्देश्यले प्रत्येक रन बापत एक हजार रुपैयाँ, प्रत्येक चौका वापत ८ हजार रुपैयाँ, प्रत्येक छक्का बापत १२ हजार रुपैयाँ, प्रत्येक विकेट बापत १५ हजार रुपैयाँ, प्रत्येक अर्धशतक वापत ५० हजार रुपैयाँ, प्रत्येक शतकवापत एक लाख रुपैयाँ तथा नेपाली टिमको प्रत्येक जीतमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ।

Leave A Reply

Your email address will not be published.