Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- एकै वर्ष २० सचिव बिदा हुँदै, सरकारको उच्च प्रशासनिक नेतृत्वमा ठूलो फेरबदलको तयारी
- ‘तीन तीघ्रे क्या बिग्रे’चलचित्रको औपचारिक घोषणा: पशुपति र परितोषिकाको मुख्य भुमिका
- ‘पेन्सन पट्टा’ को ‘जुनी जाला’ गीतमा दयाहाङ, बुद्धि र विल्सनको शीर्ष अभिनय
- मनसुनमा घुम्ने रहर
- दर्शकलाई रुवाउने गीत ल्यायो फिल्म ‘हली’को निर्माण टिमले
- चार करोड रुपैयाँको लागतमा ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
- इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न
- “पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक
- प्रधानमन्त्रीको चासोले सेयर बजारमा आशा जाग्यो, सुधारको परीक्षा अझै बाँकी
- नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
धवलागिरिका किसानलाई मौरीसहितको घार
म्याग्दी,
म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको छ । किसानलाई व्यावसायिक मौरीपालनमा आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १०० वटा मौरीसहितका घार वितरण गरेको हो ।
गाउँपालिकाको कृषि शाखाका प्राविधिक अमृत थापाले वडा नं ७ ताकममा ४७ वटा र वडा नं ५ मल्कवाङमा आठवटा मौरीघार वितरण गरिसकेको जानकारी दिनुभयो । साथै वडा नं २ लुलाङ, वडा नं ३ मुना र वडा नं ४ मुदीमा थप ४५ वटा वितरणको तयारी गरेको उनको भनाई छ ।
a
धवलागिरि गाउँपालिका–७ हिलापोखरीको हातेमालो कृषक समूहलाई १४ वटा र अन्य ठाउँका कृषकलाई एक÷एक वटाका दरले मौरीघार वितरण गरिएको छ । ढुवानीसहित प्रतिमौरीघार रु नौ हजारका दरले खरिद भएको थियो । जसमा किसानले रु चार हजार ५०० खर्च गरेका छन् । अहिले मौरी वितरण भएकोमध्य उपयुक्त स्थान छनोट गरेर मौरीपालन पकेट क्षेत्र स्थापना गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।
मौरी पकेट क्षेत्रमा आहराका लागि तोरीखेती गर्न किसानलाई प्रोत्साहन गर्ने गाउँपालिकाको योजना छ । उच्च पहाडी र प्रशस्त वनजङ्गल भएकाले धवलागिरिमा मौरीपालनको सम्भावना रहेको अध्यक्ष पुनको भनाइ छ । प्रशस्त भिरमह पाइने यहाँ व्यावसायिक रुपमा घरमौरी पालनको विकास हुन सकेको छैन ।
सार्वजनिक सूचना जारी गरेर इच्छुक कृषकहरुबाट आवेदन सङ्कलन र वडा कार्यालयको सिफारिसका आधारमा मौरीघार वितरण गरिएको हो । मौरीपालनको माध्यमबाट रोजगारी सिर्जना र कृषकको आयआर्जन वृद्धि हुने अपेक्षा गरिएको छ ।
Prev Post