सुचना, समाचार र मनोरन्जन

तीन फरक स्थानमा बाढी सतर्कताको सूचना

काठमाडौँ,

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आज बिहानको जलस्तर मापनको आधारमा तीन फरक स्थानमा सतर्कताको सूचना जारी गरेको छ।

कञ्चनपुर जिल्लाको जोगबुढा (मायापुरी) जलमापन केन्द्रमा आज बिहान ७: २० बजेको जलसतहले सतर्कता तह पार गरेको छ। जलस्तर बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

यसैगरी, पछिल्लो तीन घण्टामा दोधारा वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रका साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ। कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम पनि रहेकोले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भनिएको छ।

उता, पाँचथर जिल्लास्थित तमोर जलमापन केन्द्रमा आज बिहान ६स्४० बजे जलसतहले सतर्कता तह पार गरेको छ। नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान शाखाले यी क्षेत्रका मानिसहरूलाई जोखिमबाट बच्नका लागि आवश्यक सावधानी अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.