काठमाडौं :
२ घण्टा ४१ मिनेट लामो फिल्म ‘लाज शरणम्’को १५ मिनेट दृश्य घटाइएको छ। निर्माण पक्षले दर्शकले फिल्मको अधिकांश दृश्यमा खोट लगाएपछि १५ मिनेटको दृश्य काटिएको हो।
यतिबेला यो फिल्मका दृश्यहरु टिकटकमा छरप्रष्ट देखिएका छन्। भिडियोमा फिल्मको क्लाइमेक्सदेखि महत्वपूर्ण दृश्य समेत राखेपछि निर्माण पक्षले टिकटक आइडीविरुद्ध साइबर ब्यूरोमा उजुरी दिन बाध्य भएका छन्।कुमार कट्टेलको निर्देशनमा तयार भएको यो फिल्ममा सीताराम कट्टेल,विजय बराल,सागर लम्साल,महेश त्रिपाठी लगायतका कलाकारहरुको अभिनय छ।
यता फिल्म ‘मायावी’को पनि टिकटकमा दर्शकले खिचेर राखेपछि निर्माण टिम अतालिएका छन्। निर्माण टिमले फिल्मको पाइरेसी भएपछि फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराईले महत्वपूर्ण दृश्य खिचेर टिकटकमा नराखिदिन आग्रह गरेका छन्।
यसको निर्माणपक्षले साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत टिकटकका दृश्य हटाउन माग गरेका छन्।ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा बनेको यो फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, सुशील सिटौला, समिम खान, राजाराम पौडेल लगायतका कलाकारहरूको अभिनय छ।