काठमाडौंँ :
गायिका मेलिना राई र गायक रामजी खाँडको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘किन होर तरक्क’ सार्वजनिक भएको छ। मौलिक लोकशैलीमा तयार गीतमा शब्द तथा संगीत लोकप्रिय श्रष्टा कस्तुप पन्तको छ। गीतको एरेन्ज रमेश सेन्च्युरीले गरेका हुन्।
गीतमाथि आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ। थुप्रै कोरस प्रयोग गरेर तामझाप सहित निर्माण र्भको भिडियोमा मोडलद्धोय सुधिर श्रेष्ठ र सञ्चिता बोलाखेको अभिनय देख्न सकिन्छ।भिडियोको कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेले गरेका हुन्।
लामिछानेले भिडियोमा सुधिर र सञ्चितालाई डान्सिङ जोडीको रुपमा प्रस्तुत गरेका छन्। भिडियोले गीत सिंगार्ने काम गरेको छ।मानकृष्ण महर्जनको छायांकन रहेको भिडियो बन्दे प्रसादले सम्मादन गरेका हुन् । गीत कस्तुप पन्तको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।