सुचना, समाचार र मनोरन्जन

रणवीर कपुरले नेपाली गायिका पौडेलको पाउ छोएको भिडियो चर्चामा

काठमाडौं :

यतिबेला नेपाली गायिका मेनुका पौडेल भारतिय टिभी च्यानलमा चर्चामा छिन्। उनको गायनले भारतिय कलाकारहरु प्रभावित बनिरहेका छन्। भारतिय गायन रियालिटी शो ‘इण्डियन आइडल १४’को प्रतिष्पर्धामा रहेकी मेनुकालाई भारतिय नायक रणवीर कपुरले पाउमा ढोकेको दृश्यले नेपालमा चर्चा पाएको छ।

Gokarna Karki

फिल्म ‘एनिमल’को प्रमोसनका क्रममा ‘इण्डियन आइडल १४’को सेटमा पुगेका अभिनेता कपुरले गायिका पौडेलको पाउ छोएका थिए। मेनुकाले रियालिटी शोमा ‘अगर तुम साथ हो’ बोलको गीत गाएकी थिइन् । उनले गाएपछि भावुक बनेका अभिनेता कपुरले स्टेजमै पुगेर खुट्टा ढोगेका थिए।

मेनुकाको आवाजले भावुक बनेका उनी स्टेजमा पुगेर आफु रणवीर भएको जानकारी दिए । मेनुकाले आँखा देख्दिनन्। त्यसैले उनले आफ्नो परिचय गराएका थिए। उनले भने,‘मेनुकाजी मेरो नाम रणवीर कपुर हो । म तपाइसँग आर्शीवाद लिन चाहन्छु ।’

उनले पुराना कुरा सम्झँदै भने,‘जब श्रेयाजीले कुनै मञ्चमा पहिलो पटक गीत गाएकी थिइन् । सो बेलामा उनलाई ‘देवी’ भनिन्थ्यो । अहिले हाम्रो सामु देवी नम्बर २ अगाडि उभिएकी छिन् ।’

यता रणवीरको कुराले उत्साहित बनेका मेनुकाले रणवीरलाई ‘धन्यवाद सर’ भन्दै जवाफ फर्काइन्। जुन भिडियो तथा फोटो सामाजिक सञ्जालमा यतिबेला भाइरल बनिरहेको छ। उनलाई नेपाली दर्शकहरुले धन्यवाद दिइरहेका छन्।

Leave A Reply

Your email address will not be published.