सुचना, समाचार र मनोरन्जन

रोहितको ‘फर्की फर्की’मा अनमोलको जोडी जसिता

काठमाडौं :

अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङले मुख्य भूमिकामा रहने फिल्म ‘फर्की फर्की’को मुहूर्त गरिएको छ । शुक्रबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको सुरुवात गरिएको हो।

मंसिर ११ गते तालनगरी पोखराबाट छायांकन सुरु हुने फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन्। उनले यस अघि ‘सानो मन’निर्देशन गरेका थिए। निर्माण पक्षका अनुसार फिल्म आउँदो जेठ ११ गतेलाई प्रदर्शन मिति तोकिएको छ। निर्माण पक्षका अनुसार अन्नपूर्ण बेसक्याम्प, काठमाडौं, मुस्ताङ र इन्डोनेसियाको बालीमा पनि फिल्मको छायांकन गरिनेछ ।

फिल्ममा अनमोल र सजिताका अलवा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ । फिल्मलाई रोहित अधिकारी र ओम अग्रवालको संयुक्त लगानी गर्दैछन्।

अनीरुद्र गिरी कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा भने मनोज वली र रामु न्यौपाने छन् । फिल्ममा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको द्वन्द्व निर्देशन, निर्देशक गुरुङ स्वयंको कथा तथा पटकथा लेखन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत फिल्ममा समावेश हुनेछ।

किरण थापाको गीतमा कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र प्रोडक्शन डिजाइनरमा शंकर पाण्डे रहेका छन् । निर्माण पक्षले फिल्मलाई लिएर निकै उत्साहित रहेका छन्। यस फिल्मका अभिनेता अनमोल केसीले अभिनय गरेको पछिल्लो फिल्म ‘छड्के २’बक्स अफिसमा असफल भएको थियो। फिल्मले अपेक्षा गरे अनुसार सफलता हासिल गर्न नसकेपछि उनले सामाजिक सञ्जालमार्फत अबको फिल्म दर्शकलाई निराश नबनाउने खाल्को दिने बताएका थिए। यहि फिल्ममा अनमोलले जसितासँग पहिलो पटक स्क्रिन सेयर गर्दैछन्।

Leave A Reply

Your email address will not be published.