सुचना, समाचार र मनोरन्जन

नेपालमा राजतन्त्र नफर्किने ओलिको जिकिर

काठमाडौँ/

नेकपा (एमाले) का अध्यक्ष केपी शर्माले नेपालमा राजतन्त्र नफर्किने दावी गरेका छन । आज शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले कतिपय देशहरूले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसाबले पनि राजतन्त्र हुनै नसक्ने तर्क गरे । उनले हिजो बिहीवार दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनप्रति सङ्केत गर्दै एउटा मरेको प्रेतको पछाडि नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले बल्खुमा हिजो भएको प्रदर्शनमा पाँच÷सात हजार मान्छे भन्दै वर्तमान सरकार त्यसबाट थर्कमान भएको बताए । कुनै जग नभएकाहरूको प्रदर्शनबाट पनि वर्तमान सरकार थर्कमान भएको उनको भनाई थियो ।

Leave A Reply

Your email address will not be published.