सुचना, समाचार र मनोरन्जन
IVF New Banner

मेनुका पौडलले गाइन् भारतीय सुपरस्टार प्रभास अभिनीत फिल्म ‘सलार’को गीत

काठमाडौँ :

भारतिय रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’मा प्रतिष्पर्धा गरिरहेकी मेनुका पौडललाई भारतिय फिल्ममा गीत गाउने अवसर प्राप्त गरेकी छन्। उनले भारतीय सुपरस्टार प्रभास अभिनीत ‘बिग बजेट’ फिल्म ‘सलार’को लागि एउटा गीत गाउने अवसर पाएकी हुन्।

Exchange and test

मेनुकाले यो खुसीको खबर आइतबार राती प्रसारित ‘इन्डियन आइडल’को शृङ्खलामार्फत सुनाएकी हुन्। उनले यो अवसरलाई आफ्नो करियरको ‘टर्निङ प्वाइन्ट’ भएको समेत बताएकी छन्। उक्त गीतलाई भारतिय सङ्गीतकार रवि बसरुरले को सङ्गीत दिएका छन्।

आफुले फिल्ममा गीत गाउनले खुसीको खबर मेनुकाले आइडलको स्टेजमा सेयर गरेकी थिइन्। उनले आफुले फिल्ममा गीत गाएको खबर सुनाउँदा निर्णायक हर्ष विभोर भए भनेको तारिफ गरे।

सोही क्रममा निर्णायक श्रेया घोषालले मेनुकालाई बधाई दिँदै ‘सलार’ जस्तो ठुलो प्रोजेक्टमा गाउन पाउनु नै खुसीको कुरा भएको बताइन् । मेनुका पौडले झापाका हुन्। उनी सानैबाट गीतसंगीतमा रुचि राख्दै नेपालमा आइडलमा प्रतिष्पर्धा समेत गरेकी थिइन्।

Leave A Reply

Your email address will not be published.